काठमाडौँ - कोरोना भाइरसको महामारी पश्चात ओटीटीमा दर्शक बढे। लगानी पनि त्यही अनुसार ओटीटीमा थपियो। नयाँनयाँ कन्टेन आउन थालेपछि दर्शक पुनः हलमा आउने हो कि होइनन् भन्ने बहस नै भयो।
साथै, हलमा आएको केही समयमै प्रतीक्षित फिल्म पनि ओटीटीमा आउन थाले। यसले गर्दा कोरोना भाइरसको महामारी पश्चात हलको भविष्य के होला रु भन्ने चर्चा धेरै भयो। यद्यपि प्रदर्शनमा आएका केही फिल्मले त्यो चिन्ता हटाए। स्पाइडर म्यान : नो वे होम , जेम्स बोन्ड : नो टाइम टु डाइ जस्ता फिल्मले दर्शकलाई हलमा ल्याउन सफल भए।
यही दौडमा डाक्टर स्ट्रेन्ज : मल्टीभर्स अफ म्याडनेस पनि अगाडि आएको छ। महामारीपछि बक्स अफिसमा कमाउने फिल्मको लिस्टमा यो दोस्रो स्थानमा पर्न सफल भएको छ। विश्वभरबाट ८ सय ३ करोड अमेरिकी डलर कमाइ गर्दै फिल्मले दोस्रो स्थान प्राप्त गरेको छ। ‘डाक्टर स्ट्रेन्ज : मल्टीभर्स अफ म्याड्नेस ’ले घरेलु बजारबाट २ सय ४२ करोड अमेरिकी डलर कमाएको छ। भने विदेशी बजारमा ४ सय ६१ करोड कमाएको छ।
पहिलो स्थानमा ‘स्पाइडरमेनस् नो अवे होम’ छ। यो फिल्मले १० अर्ब ८९ करोड डलर कमाइ गरेको थियो। महामारीको समयमा प्रदर्शन भएका फिल्ममध्ये यसअघि दोस्रो स्थानमा जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’ रहेको थियो। यो फिल्मले विश्वभरबाट ७ सय ७४ करोड कमाएको थियो।