गायक जगदीश समालले स्वरमा ‘सरसर माया’ सार्वजनिक

काठमाडौँ - गायक जगदीश समालले ‘सरसर माया’ बोलको गीत ल्याएका छन्। गीतमा डीपी खनालको शब्द, शंकर स्माइलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ।

रोमान्टिक शैलीको गीतको भिडियोमा नाजिर हुसेन र रुविना थापा फिचर्ड रहेका छन्। शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।

भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र राजीव समरको कोरियोग्राफी रहेको छ। हर्क राई र मधु राईको प्रस्तुति रहेको गीत ‘जगदीश समाल’ युट्युब च्यानलमार्फत रिलिज भएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×