सनराइज बैंक लिमिटेडद्वारा रेडक्रसलाई आर्थिक सहयोग

काठमाडौँ  - सनराइज बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी इलामलाई आर्थिक सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रेडक्रसलाई रु दुई लाख सहयोग गरेको हो। बैंकका उपमहाप्रबन्धक रविन नेपालले रेडक्रस सोसाइटी इलामका सभापति शिव गौतमलाई सो रकमको चेक आज हस्तान्तरण गर्दै रेडक्रसले सामाजिक सेवाका काम गर्दा हुने आर्थिक अभावलाई परिपूर्ति गर्न सहयोग गरिएको बताए। उनले सामाजिक क्षेत्रमा सानो भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन्।

रेडक्रस सोसाइटीका शाखा सभापति गौतमले पाएको सहयोग सही ठाउँमा प्रयोग गरिने बताउँदै सहयोग गरेबापत बैंकलाई धन्यवाद दिए। कार्यक्रममा बैंक उपमहाप्रबन्धक नेपाल र प्रदेश नं १ का प्रमुख विवेककुमार निरौलालाई मायाको चिनोसमेत प्रदान गरिएको थियो। सनराइज बैंकका देशभर १३९ वटा शाखा रहेका छन्। बैंकले ८६ वटा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गरिरहेको सो अवसरमा जानकारी गराइयो। नेपाल रेडक्रस सोसाइटी इलामअन्तर्गत तीन हजार ३७८ साधारण सदस्य रहेका छन्। 

रेडक्रस सोसाइटी इलामले जिल्लामा आकस्मिक रक्तसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ। यस वर्षमात्र ६८ घरपरिवारलाई विभिन्न किसिमका राहत सामग्री वितरण गरेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×