बंगलादेशविरुद्धको टी-२० सिरिज जिम्बाब्वेले जित्यो

काठमाडौँ - बंगलादेशविरुद्धको टी-२० सिरिज घरेलु टोली जिम्बाब्वेले जितेको छ। गएराति तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई १० रनले हराउँदै उसले ३ खेलको सिरिज २-१ ले जितेको हो।

१५७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १४६ रन मात्र बनायो। उसका लागि अफिफ हुसेनले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान दिएका थिए। महमुदुल्लाहले २७, मेहदी हसनले २२,नजमुल हुसेन सान्तोले १६, अनमुल हकले १४ र लिटोन दासले १३ रन जोडेका थिए।

जिम्बाब्वेका लागि भिक्टोर न्युउछीले ३, ब्रड इभन्सले २ तथा लुक जोन्ग्वे, विस्ली मधेभरे र सेन विलियम्सले समान १/१ विकेट लिगेका थिए।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। घरेलु टोलीका लागि रायन बर्लले अर्धशतकीय पारी खेले। २८ बलको सामना गरेका उनले ६ छक्का र २ चौकासहित ५४ रन बनाएका थिए।

लुक जोन्ग्वेले ३५,कप्तान क्रेग एर्भिनले २४ र रेगिस चकाब्भाले १७ रन जोडेका थिए। बंगलादेशका लागि मेहदी हसन, हसन महमुदले २/२ तथा मुस्ताफिजुर रहमान, कप्तान मासाद्देक हुसेन, नसुम अहमद र महमुदुल्लाहले १/१ विकेट लिएका थिए।

यसअघि जिम्बाब्वेले १७ रन तथा बंगलादेशले ७ विकेटको जित हात पारेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×