प्रविण बेडवालको स्वरमा 'झल्को तिम्रै' बोलको गीत सार्वजनिक

काठमाडौँ - प्रविण बेडवालको स्वरमा 'झल्को तिम्रै' बोलको गीत सार्वजनिक भएको छ। वियोगान्त प्रेम कथामा आधारित गीतको भिडियोमा धिरेन्द्र सिनाल र सुरबिना कार्कीको अभिनय रहेको छ। सरोज केसीको शब्द रहेको गीतमा आशिष अभिरलको संगीत तथा एरेन्ज रहेको छ।

यो सोनु सिनालको जीवनीमा आधारित गीत हो। सन् २०१८ मा सोनुलाई मृगौलाको समस्या देखिएको थियो। मृगौलादाता नपाएपछि उनको २०७८ कार्तिक २२ निधन भएको थियो। उनकै सम्झनामा सोनुका श्रीमान् धिरेन्द्र सिनालले गीत बनाएका हुन्।

'मृगौला बिमारीहरूले भोग्नु परेका समस्या र अंगदानमा महिलाहरूलाई प्राथमिकतामा नराख्ने हाम्रो सामाजिक यथार्थलाई गीतमाफर्त प्रस्तुत गरेका छौं। नेपालमा अंगप्रत्यारोपणको तथ्यांक हेर्दा महिलाहरू अंगदाताको रूपमा बढी रहे पनि महिलाले तुलनात्मक रूपमा निकै कम पाउने गरेका छन्। एक किसिमले यो लैंगिक विभेद हो। यसलाई हटाउनु पर्छ भनेर अंगदानलाई प्रोत्साहन गर्ने सन्देश यस गीतमा छ,’ सिनालले भने।

यो गीतलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। निशाल पौडेलले छायांकन गरेको गीतको भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×