इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि न्यूजिल्यान्डद्वारा २० सदस्यीय टोली घोषण

काठमाडौं- इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि न्यूजिल्यान्डले २० सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा अलराउन्डर माइकल ब्रेसवेल पनि छन्।

यस्तै, क्याम फ्लेचर, ब्लेयर टिकनर र ज्याकब डफी पनि छन्। उनीहरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेलिरहेका खेलाडीहरूको स्थान लिने छन्।

कप्तान केन विलियम्सन कुहिनोको चोटका कारण घरेलु सिजन गुमाएका थिए। त्यसैले उनी गत नोभेम्बरबाट फर्किनेछन्। उनीहरुसँगै ट्रेन्ट बोल्ट, टिम साउथी, डेभन कोनवे र ड्यारिल मिचेल पनि ढिलो इङ्ल्यान्ड पुग्ने सम्भावना छ।

न्यूजिल्यान्ड डिफेन्डिङ वर्ल्ड टेस्ट च्याम्पियनसिपको च्याम्पियन हो। एजाज पटेल भारतविरुद्ध एक इनिङ्समा १० विकेट लिएपछि पहिलो पटक पुनरागमन गर्दैछन्। उनले रचिन रविन्द्रलाई स्पिन विभागमा सहयोग गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×