रोहित शर्माको अनुपस्थितिले भारतीय टोलीमा ओपनिङ गर्ने खेलाडीको खोजी

काठमाडौँ - भारतीय कप्तान रोहित शर्मा जुलाई १ देखि एजब्यास्टनमा हुने इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएसँगै उनी आइसोलेसनमा रहेका छन्। यस्तो अवस्थामा भारतीय टोलीमा ओपनिङ गर्ने खेलाडीको खोजी भइरहेको छ।

बीसीसीआईले मयंक अग्रवाललाई बर्मिंघम पठाएको छ। तर, उनी अभ्यासमा समेत उत्रिएका छैनन्। यस्तो अवस्थामा टिम व्यवस्थापनले वर्तमान टोलीबाट शुभमन गिलको जोडीको रुपमा कसैलाई खेलाउने तयारी गरिरहेको छ।

बीसीसीआई स्रोतले समाचार एजेन्सी पीटीआईलाई मयंक हालै इंग्ल्यान्ड पुगेको र प्लेइङ-११ मा समावेश गर्ने योजना बाहिर रहेको बताएको छ।

रोहितको अनुपस्थितिमा चेतेश्वर पुजारा या हनुमा विहारीलाई ओपनरका रूपमा मैदानमा पठाउन सकिने स्रोतले जनाएको छ। तीमध्ये पुजाराको सम्भावना सबैभन्दा बलियो रहेको छ। उनले शुभमनसँग ओपन गर्न सक्छन्।

पुजारा ओपनरको रुपमा खेले भने विहारीले मिडल अर्डरमा ब्याटिङ गर्नेछन्। यता, विहारी ओपनरमा उत्रिए पुजारा मध्यक्रममा ब्याटिङ गर्नेछन्।

यसबाहेक शुभमन, विराट कोहली, श्रेयस अय्यर र ऋषभ पन्त टोलीमा पर्ने सम्भावना रहेको छ। टिम व्यवस्थापनले अहिले तल्लो क्रमका फास्ट बलिङ अलराउन्डर शार्दुल ठाकुरलाई मौका दिने या स्पिनर रविचन्द्रन आश्विनलाई दिने भन्ने विषयमा छलफल गरिरहेको छ।

यसबाहेक रविन्द्र जडेजा पनि खेल्ने तयारीमा रहेका छन्। रोहितको अनुपस्थितिमा फास्ट बलर जसप्रित बुमराहले कप्तानी सम्हाल्ने भएका छन्। उनीसँगै मोहम्मद सिराज र मोहम्मद शामीने पनि खेल्दैछन्। भारतीय टोलीका लागि यो विश्व टेस्ट च्याम्पियनसिप निकै महत्त्वपूर्ण रहेको छ।

इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा भारतीय टोली अहिले २-१ ले अगाडि रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×