काठमाडौँ - दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ।
टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ। उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ. गडफादरको भूमिकामा चिरञ्जीवी रहेका छन्।
टिजरमा २० वर्षसम्म गडफादर चरित्र कहाँ लुकेको थियो, जब ऊ ६ वर्ष पहिले नै फर्किएर आयो, तब जनता खुसी हुन सकेनन् भन्ने पृष्ठभूमिबाट टिजर सुरु हुन्छ। तर नयनतारा उसको पुनरागमनबाट आशा राख्छिन्।
ठगहरुलाई कुटपिट गर्दा चिरञ्जीवीको अनुहार खुल्छ। राजनीति उसको हत्या भएको हेर्न चाहन्छन् र प्रहरी उसलाई पक्राउ गर्न चाहन्छ, किनकि उसलाई संसारकै ठूलो डन सलमान खानको समर्थन रहेको छ।
मलायलम फिल्म ‘लुसिफर’को रिमेक रहेको यो फिल्ममा चिरञ्जीवीले मोहनलालको भूमिका निर्वाह गरेका छन्। गडफादरमा सलमान पृथ्वीराज सुकुमारनको भूमिकामा देखिनेछन् भने नयनताराले मञ्जु वारियरको भूमिका निर्वाह गर्नेछिन्।
मोहन राजा निर्देशित यो फिल्म सलमान खानको पहिलो तेलुगू फिल्म हो। यो फिल्म दशैं छेकोमा असोज १९ गते रिलिज हुनेछ।