काठमाडौँ - दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को शीर्ष गीत सार्वजनिक भएको छ। यो लिरिकल गीत ‘हाँस्नै गाह्रो छ यहाँलाई…’ मा भूषण खतिवडाको शब्द, संगीत र स्वर रहेको छ।
युवाको निराशालाई चित्रण गरिएको यो गीतले तन्नेरीको मनोविज्ञान र उनीहरुको मनोदशालाई दर्शाउँछ। गीतमा फिल्मका तस्वीर र केही दृश्यहरु समेत समावेश गरिएको छ।
समाजले दुई नम्बरी करार गर्ने काममा लाग्न युवाहरु किन बाध्य छन् भन्ने यथार्थलाई गीत चित्रण गर्छ। रिकेश गुरुङको एरेन्ज, आर्टमान्डु स्टुडियो रेकर्ड र दीपक गुरुङको भिडियो एनिमेसन आकर्षक लाग्छ।
असोज २१ गते रिलिज तयारीमा रहेको फिल्ममा उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ। दीपेन्द्र लामाद्धारा लिखित तथा निर्देशित फिल्मलाई दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठले निर्माण गरेका हुन्। प्रस्तुतकर्ता किरण नेपाली हुन्।