काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार काठमाडौंको तापक्रम यस वर्षकै आजसम्मको कम मापन गरिएको छ ।
यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा रहेको विभागका मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ । राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।