काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय वासिन्दाले उक्त घरपरिवारका लत्ताकपडा, भाँडावर्तन लगायतका सामान सुरक्षित स्थानमा स्थान्तरण गरेको हो ।