भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी

भारत - पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ।

स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्याएको बताएको छ। साँझ ६:४३ बजे (१३:४३ GMT) उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको थियो। रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताए अनुसार  सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो। 

तर पाकिस्तानको सो दाबीप्रति भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×