काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा हाल एक्लो जीवन बिताईरहेकी छिन्। निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध अन्त गर्दै सम्बन्धविच्छेद गरेपछी उनी एक्लिएकी हुन्। हालै प्राप्त खबरका अनुसार उनी वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेकी छिन्। बिभिन्न सञ्चारमाध्यमका अनुसार रेखा २०७९ सालमा वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेकी छिन्। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रेखाले सो कुराको सम्भावना रहेको जनाएकी हुन्। चलचित्र उद्योगभन्दा बाहिरको व्यक्तिसँग विवाह गर्ने योजनामा रहेकी रेखाले प्रेम र मागी दुवै विवाह हुन सक्ने संकेत गरेकी छिन्।