बागलुङमा थपिँदै सुविधासम्पन्न होटल

काठमाडौँ । बागलुङमा सुविधासम्पन्न होटल थपिँदै गएका छन्। बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ । जिल्लामा सुविधासम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी नै रहेको छ।

बागलुङमा पछिल्लो समय होटल रेड एप्पल, होटल दि राजन र सगुन होटल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भिआइपी पर्यटक’होटल सञ्चालनमा ल्याइएको छ। बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ। उन्नाइस वर्षदेखि होटल व्यवसायमा जम्दै आउनुभएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका छन्।

पाँच वर्ष काठमाडौँको ठमेल र १४ वर्षदेखि बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आएका चोखालले कालिका मन्दिरमा आउने पाहुना लक्षित गर्दै ३५ बेड क्षमताको कालिका मल्टिप्यालेस सञ्चालनमा ल्याएका छन्। विसं २०६५ बाट रु ४२ लाखको लागतमा बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले होटल व्यवसाय फस्टाउँदै गएपछि कालिका मन्दिर गेटमा रु चार करोडको लागतमा कालिका मल्टिप्यालेस नामक होटल हालैदेखि सञ्चालनमा ल्याएका हुन्।

कोरोना महामारीको समयमा होटल व्यवसायी समस्यामा पर्दै आए पनि दीर्घकालीन साेंचका साथ होटल व्यवसायमा करोडाौँ लगानी गरेको होटलका सञ्चालक अर्जुन चोखालले बताए। चोखालले बागलुङ आएका पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको र बागलुङमा स्टार होटलको खाँचो रहेको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×