चितवन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर– १२ वसन्तचोकमा कन्टेनर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। प्रदेश ०३ – ००१– ००५ ख ९९७० नम्बरको कन्टेनर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा कन्टेनरचालक लालबन्दी नगरपालिका सर्लाहीका मेघराज खत्रीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कन्टेनर ठोकिँदा दुईवटा बिजुलीका पोल ढलेका छन्।