काठमाडौँ - लोकप्रिय हलिउड अभिनेता जोनी डिपले पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले लगाएको हिंसाको मुद्दा जितेपछि नायक अनमोल केसीसमेत खुसी भएका छन्।
डिपका शुभचिन्तकसँगै हलिउड र बलिउडकर्मीले समेत खुसियाली मनाइरहेका बेला अनमोलले पनि आनै ढंगले खुसीयाली मनाएका हुन्। अनमोलले हलिउड फिल्म एलाइस इन वन्डरल्यान्डमा अभिनेता डिपले निर्वाह गरेको क्यारेक्टर लुक्समा फोटोसुट गरेर खुसीयाली मनाएका हुन्।
उनले यो तस्वीर इन्स्टाग्राममा सेयर गर्दै आफ्नो तस्वीर जोनी डिपको लागि टिझब्युट भएको जनाएका छन्। यो तिम्रो लागि हो जोनी डिप। म्याड हेटरले भनेका थिए, वास्तविकता नै जेल हो,अनमोलले फोटो सेयर गर्दै लेखेका छन्।
६ वर्षअघि अभिनेत्री हर्डले डिपविरुद्व दायर गरेको मानहानी तथा हिंसाको बहुचर्चित मुद्दामा अमेरिकास्थित भर्जिनिया अदालतले अभिनेता डिपलाई १५ मिलियन डलर क्षतिपूर्ति भर्न आदेश दिएको थियो। विश्वभरबाट चासोपूर्वक हेरिएको यो मुद्दाको फैसलाले आफ्नो जीवन फिर्ता आएको प्रतिक्रिया डिपले दिएका थिए।