प्लेयर टू वाच​: रुबेन डियास, पोर्चुगल

काठमाडौँ - २५ वर्षीय डिफेन्डर डियास बेनफिकाको युथ सिस्टमबाट आएका हुन्। उनी हाल इङ्ग्लिस महारथि म्यानचेस्टर सिटीसँग आबद्ध रहेका छन्। सन् २०२०-२१ को पहिलो सिजनमा उनको क्षमता र रणनीतिक कुशलताले धेरेको ‘वर्षको टोली’ मा आफ्नो स्थान बनाउन सफल भएका थिए।

‘मैले अनुबन्ध गरेका धेरै उत्कृष्ट खेलाडीहरुमध्ये उनी एक हुन्,’ म्यानेजर पेप गवार्डिओला डियासको बारेमा भन्छन्, ‘उनी हरेक कुरा सटिक होस् भन्ने चाहन्छन् जुन मैदानमा पनि स्पष्ट देखिन्छ। उनी आफू त राम्रो खेल्छन् नै आफू वरपर रहेकालाई पनि राम्रो खेल्ने बनाउँछन्। उनी सधैँ आफ्नो लागि भन्दा पनि टिमका लागि खेल्ने गर्दछन्।’

सन् २०१७ देखि २०२० सम्म बेन्फिका लागि उनले ९१ खेल खेलेका उनले सिटीका लागि ७३ खेल खेलिसकेका छन्। बेन्फिकामा रहँदा उनले लिग उपाधि जितेका थिए पनि सिटीसँग पनि उनी २ पटक लिग च्याम्पियन बनिसकेका छन्। सन् २०२०-२१ सिजनमा उनी च्याम्पियन्स लिगको उपविजेता टोलीका सदस्य थिए। पोर्चुगलसँग उनले सन् २०१८-१९ को युईएफए नेसन्स लिगको उपाधि जितेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×