सिरी ‘ए’ मा इन्टर मिलानको सहज जित

काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा इन्टर मिलान विजयी भएको छ। ऊ घरेलु मैदानमा साम्पडोरियाविरुद्ध ३-० ले विजयी भएको हो।

सान सिरोमा इन्टरलाई सहज जित दिलाउन स्टेफन डि भ्रिज, निकोलो बरेला र जोक्विन कोरियाले १/१ गोल गरेका थिए। खेलको २१औं मिनेटमा भ्रिजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो। ४४औं मिनेटमा बरेलाले टोलीको अग्रता दोब्बर बनाएका थिए।

७३ औं मिनेटमा कोरियाले गोल गरेपछि इन्टरले ३-० को सहज जित निकाल्यो। यो जितसँगै १२ खेलमा २४ अंक जोडेको इन्टर पाँचौं स्थानमा रहँदा पराजित साम्पडोरिया समान खेलबाट ६ अंकका साथ १८ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×