फिफा यू-१७ महिला विश्वकपका लागि टिकट ब्रिकी खुल्ला, टिकट दर १०० र २०० भारु

काठमाडौँ - भारतमा हुने फिफा यू-१७ महिला विश्वकपका लागि टिकट ब्रिकी खुल्ला गरिएको छ। विश्वकपका लागि शुक्रबारबाट टिकट ब्रिकी खुल्ला गरिएको आईएएनएसले जनाएको छ।

भारतले अक्टोबर ११ देखि ३० सम्म विश्वकप आयोजना गर्दैछ। भुवनेश्वर, गोवा तथा नाभी मुम्बईमा हुने विश्वकपमा १६ टिमको सहभागिता जनाउने छन्।

विश्वकपका लागि टिकट दर भने १ सय तथा २ सय भारतीय रुपैयाँ तोकिएको छ। त्यसकासाथै छिटो टिकट लिनेलाई ३० प्रतिशत छुट समेत दिइने आयोजकले जानकारि दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×