धुर्व बिस्को र सारिका घिमिरेको 'जित्यो मायाले' युट्युबमा

काठमाडौँ। धुर्व बिस्को र सारिका घिमिरेको आवाज रहेको गीत 'जित्यो मायाले' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा सारिका घिमिरेको शब्द रहेको छ भने धुर्व बिस्कोको संगीत रहेको छ। त्यसैगरि नरेन्द्र वियोगीको संयोजन/मिक्स तथा मास्टर रहेको छ। धुर्व बिस्कोको निर्देशनमा तयार भएको गीतको भिडियोमा पुष्प खड्का, दिनेश डी.सी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मि भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'दिया प्रोडक्सन'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×