इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

सुनसरी - सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का  यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएकी छन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×