बेलायती प्रधानमन्त्री जोनसोन पद त्याग्न सहमत

एजेन्सी - लायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाएका छन् । 

उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही मन्त्री र सहयोगीहरूले राजीनामा दिएपछि उनी पनि राजीनामा दिन सहमत हुनुपरेको हो । 

उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो । उनीप्रति असन्तुष्टि जनाउदै उनको मन्त्रीपरिषद्का सदस्य र सल्लाहकार तथा सहयोगीसहित ५० जनाले राजीनामा दिएका थिए । त्यसपछि उनलाई राजीनामा दिन थप दबाब परेको हो ।

उनकै कारणले विदेश मन्त्री लिज ट्रसले जी–२० समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम पनि रद्ध गरेका छन् । 

विदेश मन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको प्रभावशाली उदियमान र प्रतिस्पर्धी नेताका रूपमा हेरिएको छ । प्रधानमन्त्री जोनसनलाई दबाबमा पार्ने गरी राजीनामा दिएकाहरूले राष्ट्रको हितलाई ध्यान दिँदै आफूहरूले पदबाट राजीनामा दिएको बताएका छन् । 

५८ बर्षीय जोनसनले झण्डै तीन बर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ । उनी कन्जरभेटिभ पार्टीका प्रमुख पनि हुनुहन्छ । उनलाई सो पदबाट पनि राजीनामा दिन दबाब परेको छ । 

उनले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ नेता छनौट गरिने छ । नयाँ नेता छनौट नहुँदासम्म उनले नै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुनेछ । उनले अक्टोबरसम्म नै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउने देखिएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×