स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय चलचित्र 'थिरीमाली' को ट्रेलर सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय चलचित्र 'थिरीमाली' को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर 'सायना मुभिज' को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।  ट्रेलरमा नेपालका अनेकौं ठाउँसँगै नेपाली कलकारहरुलाई पनि देख्न सकिन्छ। राजीव शेट्टीको निर्देशन रहेको चलचित्रको ट्रेलरमा स्वस्तिमा खड्काको 'आइटम डान्स' का केही झलकहरू पनि देख्न सकिन्छ। कमेडी विधामा आधारित चलचित्रको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् भने चलचित्र मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा प्रदर्शनमा आउनेछ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×