छत्रदेवमा अध्यक्षकप भलिबल प्रतियोगिता शुरु

अर्घाखाँची - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ।

प्रतियोगिताको उद्धाटन समारोहमा मन्तब्य राख्दै गाउँ पालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले 'राष्ट्रको लागि खेलकुद, स्वास्थ्य लागि खेलकुद' भन्ने नारालाई ध्यानमा राखेर खेल क्षेत्रमा गाउँपालिकाले काम गर्ने बताएका छन्।

प्रतियोगितामा ८ वडाका ८ टीमको सहभागिता रहेको छ। खेलमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार ,तृतीय  हुनेलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिएका छन्।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×