काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, जसपालाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) बाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले भने, ‘समाजवादी मोर्चाको महत्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी विभाजित भयो, विभाजित गरियो । विभाजित भएको मात्रै होइन, गरिएको मात्रै होइन । सरकारबाट पनि उसलाई निकालियो ।’