काठमाडौँ - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर करुणा भण्डारी खुट्टाको शल्यक्रिया कारण ९ महिना मैदान बाहिर रहने भएकी छिन्।
करुणाको गत बिहीबार दायाँ खुट्टाको (असिएल टिअर) चोटको शल्यक्रिया गरेको हुँदा ९ महिना मैदान बाहिर रहने भएकी हुन् करुणाको बिहीबार काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा शल्यक्रिया भएको थियो।
गत अप्रिलमा सिनियर टोलीको अभ्यासको क्रममा उनलाई चोट लाग्न पुगेको थियो। युगान्डासँगको सिरिजमा एमआरआई गरेपछि मात्र थाहा पाएको बताइन्। चिकित्सकहरुको सल्लाह बोमोजिम उनले शल्यक्रिया गरेकी हुन्।
करुणा नेपाली महिला क्रिकेटकी अनुभवी स्पिनर हुन्। उनले घरेलु क्रिकेट र नेपाल दुबैबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। करुणाले घरेलु क्रिकेट नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछिन्। एपिएफले घरेलु क्रिकेटमा एकछत्र राज गर्दा करुणाको प्रदर्शन महत्वपूर्ण रहेको छ। उनि नेपाल र एपिएफ दुबैकी प्रमुख खेलाडी मध्यकी एक हुन्।
करुणा औंलामा चोटका कारण युगान्डासँगको पाँच महिला टि-२० आई सिरिज र यसै साता मलेसियामा सम्पन्न एसिसी महिला टि-२० च्याम्पियनसिपमा भने नेपाली टोलीमा थिइनन्। करुणाले नेपाली महिला टोलीबाट २१ टि-२० आईमा १७ विकेट लिएकी छिन्।