समूह विजेताको होडमा नेदरल्यान्ड्स र इक्वेडर

काठमाडौँ - इक्वेडरले आयोजक राष्ट्र कतारलाई विश्वकपको उद्घाटन खेलमा पराजित गर्दै कीर्तिमान रचेको थियो। अल बायत रंगशालामा ६७ हजार दर्शकमाझ इक्वेडरले कतारविरुद्ध २-० को सहज जित निकाल्यो।

विश्वकप इतिहासमा कुनै पनि राष्ट्र उद्घाटन खेलमा पराजित भएको पहिलो घटना थियो। अर्काे खेलमा नेदरल्यान्ड्सले अफ्रिकन च्याम्पियन सेनेगललाई समान अन्तरले नै पराजित गर्‍यो।

शुक्रबार दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुँदा नेदरल्यान्ड्स र इक्वेडरको लक्ष्य समूह विजेता बन्ने हुनेछ। खेलमा जित हात पार्ने टोलीले प्रिक्वार्टरफाइनल सम्भावना बलियो बनाउनेछ। यति मात्रै हैन, समूह विजेता बन्ने राम्रो अवसर पाउनेछ।

फिफा वरीयतामा नेदरल्यान्ड्स राम्रो स्थानमा रहेको छ। लुइस भान गालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स फिफा वरीयताको आठौँ स्थानमा रहेको छ। गुस्टाभो अल्फारोको इक्वेडर ४४औँ वरीयतामा छ। पहिलो खेलमा बेन्चबाट सुरु गरेका मेम्फिस डिपाए र मार्टेन डी रुन प्लेइङ सेटमा फर्कन सक्छन्।

कोडी गाक्पो, फ्र्यांकिइ डी जोङ, भर्जिल भान डाइक, नाथन एके, माथिज्स डे लाइटजस्ता खेलाडीको साथ रहँदा नेदरल्यान्ड्सको मनोबल उच्च हुनेछ। पहिलो खेलमा २ गोल गरेका इनर भ्यालेन्सियाबाट इक्वेडर ठूलो आशा गर्दछ। इनरलाई जेगसन मेन्डेज, रोमारिओ इब्रा, माइकल एस्ट्राडाजस्ता खेलाडीले साथ दिनेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×