झापा - यसैगरी गतवर्ष कोभिडका कारण रोकिएको झापा गोल्डकप यसवर्ष यही फागुन २१ देखि ३० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने उक्त नेपाल आइस पाँचौँ झापा गोल्डकप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। खेलको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ।
उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुने गोल्डकप समितिका महासचिव गजेन्द्र पौडेलले बताए। पाँचौँ संस्करणको गोल्डकपको विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले रु छ लाख पाँच हजार प्राप्त गर्नेछन्। गोल्डकप सम्पन्न गर्न रु एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको महासचिव पौडेलले बताए।