मंसिर १२ गते विवाह गर्दै सलोन र करिश्मा

काठमाडौँ - अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच आगामी मंसिर १२ गते लगनगाँठो कसिने भएको छ।

दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन्। सलोनले मंसिर १२ गतको मितिमा विवाह गर्ने तयारीमा जुटेको बताएका छन्। ‘अहिलेसम्मको कन्फर्म डेट त्यही हो। सोहीअनुसार विवाह गर्दैछौं’ उनले भने।

दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लागेको हो। ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चारवर्षदेखि रिलेसनसिपमा रहेका छन्। करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन्।

परम्परा अनुसार विवाह गर्ने सलोनको योजना छ। कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×