फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने

काठमाडौँ - सुहाना थापाको मुख्य भूमिकामा फिल्म ‘भगवत् गीता’ बन्ने घोषणा भएको छ। शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा युट्युबमार्फत फिल्मको टाइटल घोषणासँगै प्रदर्शन मिति तय गरिएको हो।

झरना थापाले निर्देशन गर्न लागेको यो फिल्म आगामी नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुनेछ। सुहानाले ‘ए मेरो हजुर ४’ पछि होमप्रोडक्सन प्रोजेक्टमा काम गर्न लागेकी हुन्।

सुहाना इन्टरटेनमेन्टबाट सार्वजनिक भएको फिल्मको टाइटल घोषणा टिजरमा सुहाना फिचर्ड रहेकी छिन्। भिडियोमा रामजानकी मन्दिरपरिसरमा सुहानालाई दौडिरहेको देख्न सकिन्छ। जहाँ उनको उत्साहित र भावुक लुक देखाइएको छ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अन्य कलाकारहरू भने खुलाइएको छैन।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×