'२ नम्बरी'मा पलको स्थान सौगातले लिए

काठमाडौँ। चलचित्र '२ नम्बरी'मा अभिनेता पल शाहको ठाँउ सौगात मल्लले लिएका छन्। चैत्रको १५ गतेबाट छायांकनमा जाने चलचित्रमा सौगात मुख्य भूमिकामा देखिने भएका हुन्। 

दुई वर्ष अघि चलचित्रको मुख्य भूमिका पल शाहले निभाउने भएका थिए। करिब १० दिन छायांकन समेत गरिएको थियो। तर, कोरोना महामारीका कारण छायांकनको काम रोकियो। अब, पलको स्थान सौगातले लिएका हुन्। पलविरुद्ध एक नाबालिगले जवर्जस्ती करणी गरेको उजुरी दिएपछी हाल उनी प्रहरी हिरासतमा छन्। 

दिपेन्द्र लामाको निर्देशन रहने चलचित्रमा सौगातका अलावा दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन आदि कलाकारहरूको अभिनय रहनेछ। किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे र अमला देवी राईको लगानी रहेको छ। सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्र कार्तिक ४ गते तिहारको अवसरमा प्रदर्शनमा आउन लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×