इलाम - इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन्। आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उनले विपन्न विद्यार्थीलाई ब्याग, कपी, कलमलगायतका आवश्यक सामग्री वितरण गरेका हुन्।
सो अवसरमा उनले आगामी दिनमा आमाको स्मृति अक्षयकोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत अन्य सहयोग गर्ने जानकारी दिए।