बैंग्लोर आइपिएलको क्वालिफायरमा

काठमाडौँ - लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ। अब बैंग्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो।

बुधबार राति भएको एलिमिनेटरमा बैंग्लोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटिएको हो।

उसका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए। बैंग्लोरका जोश हाजलउडले सर्वाधिक तीन विकेट लिएका थिए।  

त्यसअघि कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो। 

उसका लागि रजत पाटीदारले शतकीय पारी खेलेका थिए। उनले ५४ बलमा १२ चौका र सात छक्कासहित अविजित ११२ रन बनाए। लखनउका लागि कृणाल पाण्ड्या, मोहसिन खान, आवेश खान र रवि विश्नोईले एक/एक विकेट लिएका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×