काठमाडाैँ - म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड बिदा मनाइरहँदा पनि फुटबलमा ब्यस्त छन्। उनी मार्वेला समुन्द्री तटमा बालबालिकाहरुसँग फुटबल खेल्दै गरेको भिडियो सार्वजनिक भएको छ।
२१ वर्षीय हालान्डले ५१ मिलियन पाउन्डमा बोरुसिया डर्टमन्डबाट सिटी आउने सम्झौता पुरा गर्दै अहिले उनी विदा मनाइरहेका छन्। तर नर्वेजियन फुटबल खेलाडी हालान्ड विदा मनाइरहँदा समुन्द्री तटमा बालबालिकाहरुसँग फुटबल खेलिरहेको पाइएको हो।
पाँच वर्षका लागि सम्झौता गरेका हालान्ड अर्को हप्ता सिटी आउदैछन्।