सिन्धुपाल्चोक - लगातारको वर्षाका कारण आएको बाढीले मेलम्ची -११, फट्टेमा खोला तर्न ढल माथि माटो हाली बनाइएको अस्थायी संरचनाको माटो बगाएको छ। यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका ६ वडाका नागरिक प्रभावित भएका छन्।
यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँच पोखरी इन्द्रावतीका बासिन्दा पनि प्रभावित भएका छन्। मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ। गत असार १ को बाढीले यहाँको पुलहरू बगाएको थियो।