काठमाडौँ। बलिउड चलचित्र ‘सूर्यवंशी’, ‘८३’ लगायत धेरै दक्षिण भारतीय चलचित्रमा लगानी गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली चलचित्रमा पनि लगानी गर्ने भएको छ। कम्पनीले एक कार्यक्रम बिच यो कुराको जानकारी दिएको हो। राम्रो कथा बस्तु र दर्शकलाई मध्य नजर गर्दै चलचित्र बनाउन इच्छुक रहेको कम्पनीले बताएको हो।
कम्पनीका सिइओ रविन्दरनाथ सोनीले चलचित्रसँगै अन्य व्यवसायमा पनि सहकार्य गर्ने छलफल गरेको जनाएका छन्।