संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन

काठमाडौँ - नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपालको लोकप्रिय ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ)ले सहकार्य गर्ने भएका छन्। 

मंगलवार पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा सुरसुधा र पीएफसीएफबोच अन्तक्रिया पनि भएको थियो। कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत संगीत पर्यटन प्रवर्द्धनको लागि सशक्त माध्यम भएको बताइन्। नेपाल पर्यटनका लागि पुनः खुला भएकाले अब पर्यटकीय गतिविधि चलायमान हुने उनको अपेक्षा रहेको छ। 

सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले पीएफसीएफले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिने गरेको बताउँदै संगीतकको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। 

पीएफसीएफका सहसंस्थापक विलियम औराले संगीत शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट आफू प्रभावित रहेको बताए। पीएफसीएफका कार्यकारी निर्देशक ज्याक ग्रोसङले नेपाल कला र संस्कृतिका हिसावले धनी रहको उल्लेख गर्दै संगीतको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आफू र आफ्नो टीम विश्वस्त रहेको बताए। 

सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसंगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पुयाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यी दुवै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×