बारका अध्यक्ष श्रेष्ठलाई कोषाध्यक्ष पोखरेलको सार्वजनिक खबरदारी

काठमाडौँ । यतिबेला न्यायिक सुधारको नाममा हुँदै आएको बारको आन्दोलन सुस्ताइरहँदा अझै पनि बारका पदाधिकारीहरू आन्दोलनबाट पछि हटिसकेका न्यायाधीशहरूसँग चोर बाटो हुँदै भेटवार्तामा संलग्न भइरहेको नेपाल बार एशोसिएशनकै कोषाध्यक्ष रुद्र पोखरेलले आरोप लगाएका छन्।

सर्वोच्च अदालतका इजलास बहिष्कार गर्ने न्यायाधीशहरूलाई कर्तव्यच्युत हड्ताली न्यायाधीशको संज्ञा दिँदै बार एशोएिशनका कोषाध्यक्ष पोखरेलले गैरकानूनी वार्ताको लागि चोर बाटोबाट नेपाल बारका अध्यक्षसँग अझै पनि अदालतकाविरुद्धमा योजना बनाउने गतिविधिमा संलग्न रहेकामा खेद प्रकट गरेका हुन्। बारका पदाधिकारीहरू लगातार न्यायाधीशहरूलाई अदालतविरुद्ध भड्काउने खेलमा लागिपरिरहँदा कोषाध्यक्ष पोखरेलले आपत्ति व्यक्त गर्दै सो गतिविधिको विरोध जनाएका छन्।

कार्यसमिति बैठकको निर्णयबिना नै गैरकानूनी वार्तामा सहभागी नहुन कोषाध्यक्ष पोखरेलले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन्, 'सर्वोच्च अदालतका कर्तव्यच्युत हडताली न्यायाधीशसँग गैरकानूनी वार्ताको लागि आज १० बजे चोरबाटोबाट नेबाए अध्यक्षज्यू जाने भन्ने खबर आएको छ। नेबाए अध्यक्षलाई कार्यसमिति बैठक निर्णयबिना गैरकानूनी वार्तामा सहभागी नहुन आग्रह गर्दछु। हडताली न्यायाधीशले पनि औपचारिकता ग्रहणपछि मात्र औपचारिक वार्ताको रहर गर्न आह्वान गर्दछु।’

कोषाध्यक्ष पोखरेलको सार्वजनिक टिप्पणीः

बार कोषाध्यक्ष रुद्र पोखरेल शुरूदेखि नै पक्ष वा विपक्षमा नभई संविधानको पक्षमा निस्पक्ष बोल्दै आएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×