जिम्बावेका पूर्व कप्तान ब्रेन्डन टेलरलाई सबैखाले क्रिकेटमा साढे तीन वर्ष प्रतिबन्ध

काठमाडौँ। एन्टी करप्सन कोड उलंघन गरेको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बावेका पूर्व कप्तान ब्रेन्डन टेलरलाई सबैखाले क्रिकेटमा साढे तीन वर्ष प्रतिबन्ध लगाएको छ। आइसीसीका अनुसार टेलरमाथिको प्रतिबन्ध आजै (जनवरी २८) बाट सुरु भएको छ।

टेलरले सन् २०१९ मा प्रायोजन तथा जिम्बावेमा टी–ट्वान्टी प्रतियोगिता गराउने भन्दै भारतीय व्यवसायीलाई भेटेका थिए। ती भारतीय व्यवसायीले उनलाई एक पार्टीमा लगेको र त्यहाँ कोकिन प्रयोग गर्न दिएको र त्यसको भिडियो खिचेर उक्त व्यवसायी तथा उनका सहकर्मीले ब्ल्याकमेल गरेको टेलरले बताएका थिए।

टेलरका अनुसार भिडियो देखाउँदै उनलाई खेल मिलोमतो गर्न धम्कीसमेत दिएका थिए। उक्त व्यापारीले टेलरलाई खेल मिलोमतो गर्न तत्काल १५ हजार अमेरिकी डलर दिएको तथा काम पुरा भएपछि थप २० हजार डलर दिने वाचासमेत गरेका थिए। तर उनले उक्त घटनाको चार महिनापछि मात्र आईसीसीलाई यसबारे जानकारी गराएका थिए। 

यसबाहेक एन्टी-डोपिङ प्रकरणमा टेलरलाई थप एक महिनाको प्रतिबन्ध लागेको छ। यो सँगै उनले अब सन् २०२५ जुलाई २८ सम्म सबैखाले क्रिकेट खेल्न नपाउने भएका छन्। टेलरले सन् २०११ देखि २१ सम्म जिम्बावेको ७१ खेलमा कप्तानीको भूमिका निर्वाह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×