काठमाडौँ - बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ। शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो।
दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो। एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन्।
फिल्ममा शाहरुखको दोहोरो भूमिका हुने जनाइएको छ। जसमा एउटा ग्याङस्टर र अर्को चाहिं भारतीय खुफिया एजेन्सी रअ अफिसरका पिताको चरित्र हुनेछ।
शाहरुख र नयनताराले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन्। शाहरुख अभिनित ‘पठान’ र ‘डंकी’ रिलिजको तयारीमा छन्।