व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय प्रति माओवादी केन्द्रका चार नेताहरुको असहमति

काठमाडौँ - सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय प्रति माओवादी केन्द्रका चार नेताहरुले असहमति जनाएका छन्।

आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाउँदै व्याख्यात्मक टिप्पणीको विरोध गरेका थिए। यी चारजना नेताहरू सुरुदेखि नै एमसीसीको विपक्षमा रहँदै आएका थिए। उनीहरूले सत्ता गठबन्धन बचाउने नाममा देशप्रति घात हुने काम गर्न नहुने बताएका छन्।

यसअघि, माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल भए सरकार छाड्ने निर्णय गरेको थियो। अन्ततः माओवादी एमसीसी अनुमोदन गर्ने पक्षमा उभिएको छ। 

पछिल्लो दुई साता माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका थिए। केही कार्यकर्ता गम्भीर घाइते समेत भएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×