खेलाडीहरुले गरे स्पोर्टस क्लाइम्विंग

काठमाडौँ - विभिन्न खेलका खेलाडीहरुले राजधानीमा सोमबार स्पोर्टस क्लाइम्विंग गरेका छन्। स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा सुरु भएको एकहप्ते क्लाइम्विंग अभ्यासको क्रममा सोमबार खेलाडीहरुले क्लाइम्विंग गरेका हुन्।

राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा विभिन्न खेलका खेलाडीहरुलाई क्लाइम्विंग अभ्यास गराइएको थियो। सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो।

कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ। यस अन्तर्गत पहिलो दिन आइतबार प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरुको सहभागीता रहेको थियो।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको आयोजक एकेडेमीका अध्यक्ष कल्पना महर्जनले बताएकी छिन्।

खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा १ पटक कार्यक्रम आयोजना गर्दै आएको कल्पनाले जनाएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×