लुम्बिनीका मोहमद हुसेनले लिए ७ ओभरमा ७ विकेट

काठमाडौँ। आजदेखि सुरू वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा २३ रनमै अलआउट भएको थियो।

गण्डकीलाई सस्तैमा अलआउट गर्ने क्रममा लुम्बिनीका मोहमद हुसेनले ७ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए। हुसेनले चार ब्याट्सम्यानलाई बोल्ड गर्दा तीन जनालाई क्याच गराएका थिए।  पाँच ब्याट्सम्यान शून्यमा आउट भएका थिए।  गण्डकीका सात ब्याटसम्यान शून्यमै पेभिलियन फर्केका थिए। उसका लागि अर्जुन कुमालले ६ रन र विष्णु पाण्डेले ५ रन जोडे।

लुम्बिनीका देव खानलको नटआउट १८ रन र विराट भण्डारीको नटआउट ८ रनको मदमा लुम्बिनीले २४ रनको लक्ष्य ५.५ ओभरमा हात परेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×