एलिना चौहानको स्वरमा 'बरिलै' सार्वजनिक

काठमाडौँ - सुदीप आचार्य अभिनित ‘बरिलै,’ बोलको गीत युटुयबुमा सार्वजनिक भएको छ।

भीम बिसीको शब्द रहेको गीतमा टेक बिसीले संगित गरेका छन् भने एलिना चौहानले स्वर दिएकी छिन्। यसअघि गायिका चौहानको ३ दर्जन बढी  गीतहरू बजारमा आइसकेका छन्। उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको हो।

गीतको म्युजिक भिडियोको निर्देशन प्रमोद भण्डारीले गरेका छन्। गीतमा सुदीप आचार्य र भूमिका केसीले अभिनय रहेको छ। उनले १ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×