काठमाडौँ - साफ यू-१७ प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली टिम स्वदेश फर्किएको छ। नेपाली टिम बुधबार फाइनल खेलमा भारतसँग ४-० को पराजित भएपछि उपविजेतामा चित्त बुझाउँदै नेपाल फर्किएको हो।
१ महिना लामो तयारीका साथ श्रीलंका पुगेको नेपाली टिम प्रतियोगिताको फाइनलसम्म पुगे पनि उपाधिबाट वञ्चित भयो। नेपाल यू-१७ फुटबलमा चौथो पटक उपविजेता बनेको हो।