सिड्नी - अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ। बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको खुलेको हो। जुन सरीसृप अस्ट्रेलियाको आकाशमा १ सय ७० मिलियन वर्ष पहिले उड्ने गरेको थियो।
अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूको परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरूले यस्तो निष्कर्षमा पुगेका हुन्। बुधबार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमुनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो।
यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेको थियो।
मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अस्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए।