नेयमारविरुद्ध भ्रष्टाचार आरोप, मुद्दा चलाउने तयारी

काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ। ब्राजिलियन फरवार्ड ३० वर्षीय नेयमारलाई क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो।

यही आरोपमा उनीमाथि मुद्दा चलाउने तयारी भएको स्पेनिस समाचारमाध्यमहरुले जनाएका छन्। नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले १४ मिलियन पाउन्डमा अनुबन्धित गरेको थियो। तर, खुलाइएको रकमभन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ।

नेयमार २०१७ मा पीएसजी आएका थिए। फुटबल बजारमा केन्द्रित ब्राजिलको कम्पनी डीआईएसले ७ वर्षअघि दायर गरेको उजुरीपछि नेयमारविरुद्ध मुद्दा दर्ताको तयारी भएको हो।

डीआईएसले नेयमार सरुवा हुँदा शुल्कको ४० प्रतिशत आफ्नो अधिकार रहेको बताउँदै आएको छ। नेयमारविरुद्धको २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउन्ड जरिवानाको मागसहित अक्टोबर १७ मा बार्सिलोनाको १ अदालतमा मुद्दा दर्ता गरिने जनाइएको छ।

नेयमारसँगै बार्सिलोनाका पूर्व २ अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता हुने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×