इन्टरमाथि बायर्नको जित

काठमाडौँ - जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको छ। बुधबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लोरी सानेले एक गोल गरेका थिए। त्यस्तै बायर्नले १ गोल आत्मघाती उपहार पाएको थियो।

इन्टरको घरेलु मैदानमा खेलको २५ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। इन्टरका डानिलो डी’आम्ब्रोसियोले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नले २-० गोल जित निकालेको हो।

जितसँगै समूह ‘सी’ को बायर्नले पहिलो खेलमा ३ अंक जोडेको छ। यता इन्टरले हारबाट च्याम्पियन्स लिगको सुरुवात गरेको छ। यसै समूहमा ३ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×