काठमाडौँ - कतारमा भइरहेको फिफा विश्वकप अन्तर्गत सोमबार दिउँसो अल जानोबल स्टेडियमा प्रतिस्पर्धाका लागि उत्रँदा क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा हुनेछ। समूह जी मा रहेका क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा क्यामरुन स्विट्जरल्याण्डसँग १-० ले पराजित भएको थियो भने सर्बिया ब्राजिलसँग २-० ले पराजित भएको थियो। त्यसैले नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न पनि दुवै टोली जित निकाल्ने योजनामा छन्।
यस खेलमा पराजित हुने टोली समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ। अर्को खेलमा ब्राजिलर स्विट्जरल्याण्डले बराबरी खेलेमा क्यामरुन र सर्बिया मध्ये पराजित हुने टोली समूह चरणबाटै बाहिरिनेछ छ। हामी कठिन अवस्थामा छौँ। स्वीट्जरल्याण्डसँग पहिलो खेलमा १-० को हारलाई इंगित गर्दै क्यामरुनका प्रशिक्षक रिगोबर्ट सोङले भने, ‘यो निर्णायक खेल हो र हामी तयार छौँ।’
क्यामरुन एरिक म्याक्सिम चोपो मोटिङ र कार्ल टोको एकाम्बी र ब्रायन एमबेउमो सम्मिलित थ्री म्यान अट्याकमा खेल्ने सम्भावना छ। टोको एकाम्बीले गत वर्षको अफ्रिकन अफ अफ नेसन्समा क्यामरुन सेमिफाइनल पुग्दा ५ गोल गरेका थिए।
३३ वर्षी चोपो मोटिङले रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाडेपछि आफ्नो सही समय बिताइरहेका छन्। उनले बायर्नका लागि १६ खेलमा ११ गोल गरेका छन्। अल जानो स्टेडियममा उनी आफ्नो २०औं अन्तर्राष्ट्रिय गोल गर्नेमा प्रशिक्षक सोङ आशावादी छन्।
उता सर्बियका लागि स्ट्राइर डुसान भ्लाहोभिचले अलेक्जान्डर मिट्रोभिचसँग पहिलो रोजाईँमा सुरु गर्ने सम्भावना छ। डुसान पहिलो खेलमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
मिट्रोभिचले सर्बियाका लागि ५० खेल खेलिसकेका छन् र लिस्वनमा पोर्चुगल विरुद्ध अन्तिम समयमा हेड गोल गर्दै उनले सर्बियालाई कतारका लागि छनोट गराएका थिए भने पोर्चुगललाई प्लेअफमा धकेलेका थिए। ब्राजिल विरुद्ध २-० को हारमा उनले पहिलो रोजाईँमा खेलेका थिए। तर उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका भ्लाहोभिच जस्तै उदास देखिन्थे।
‘मिट्रोभिच वा भ्लाहोभिचले सँगै सुरुआत गर्नेछन्। हामी हेर्नेछौँ ‘ स्टोकोभिचले दोभाषेमार्फत भने। ‘तर मलाई थाहा छ को बेन्चमा बस्छ भनेर, जुन कुरा ब्राजिलविरुद्ध मामला थिएन । मलाई केही थाहा थिएन।’
यो किनभने ८ खेलाडी पूर्ण फिट नहुँदै उनीहरु टिमसँग कतार पुगेका थिए। स्टोकोभिचले यसबारे खुलासा गरे। ‘त्यतिबेला मानिसहरूले मलाई सोधे कि म किन हाँसेको छैन। त्यही भएर हो, तर मैले केही भन्न सकिन नत्र सबैलाई थाहा हुने थियो,’ उनले भने। ‘पछिल्ला २ दिनको तीव्रता प्रभावशाली थियो। यो १ सूचक हो कि हामी फेरि सेपमा छौं।’
स्टोकोभिच युभेन्ट्सबाट खेल्ने लेफ्ट विंगर फिलिप कोस्टिक फिट भएर कम्तीमा केही समय खेल्नेमा आशावादी छन्। ‘उनको अवस्थामा राम्रो छैन। तर म पहिले भएकको तुलनामा सन्तुष्ट छु।’ स्टोकोभिचले भने। ‘उनले पछिल्लो २ सेसन हामीसँग प्रशिक्षण राम्रो गरिरहेका छन्।’
यदि उनी खेलेमा अगाडिका ३ खेलाडीलाई लाजियोका मिडफिल्डर सर्जेइ मिलिन्कोभिच साभिचले सपोर्ट गर्नेछन्।