एजेन्सी। पाकिस्तानको पञ्जाब प्रान्तमा विगत २४ घण्टामा १,००० भन्दा बढी सडक दुर्घटनाहरू भएका छन् जसमा कम्तिमा ११ जनाको ज्यान गएको छ भने १०१६ घाइते भएका स्थानीय मिडियाले सोमबार उल्लेख गरेका छन्। द न्यूज इन्टरनेशनलका अनुसार घाइतेमध्ये ५ सय ७६ जना गम्भीर घाइते भएका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
घटनास्थलमा ४ सय ४० सामान्य घाइतेको उपचार भएको छ। स्रोतकाअनुसार यी सडक दुर्घटनामा ४२५ चालक, ४६ नाबालिग चालक, १३६ पैदलयात्री र ४६६ यात्रु रहेको जनाइएको छ। हालै पाकिस्तानको ठूलो भागमा विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो छ जसले सडक दुर्घटनाहरू बढेको छ।